दोस्रो बिश्व युद्घको बेला फ्रान्सेली सिपाहीले जर्मन सिपाहीलाई मारेछ। भागिरहेको जर्मनहरुलाई लखेट्दै फ्रान्सेली सेनाहरु दौडिरहदा एकजना जर्मनले फ्रान्सेली सेनालाई च्याप्प समातेछ जसले उसलाई गोली हानेको थियो र घाइते सेनाले एउटा पत्र थमाएछ। यो उसले आफ्नी आमालाई लेखेको पत्र थियो। युद्घ समाप्त भए पछि, त्यो फ्रान्सेली सेना ख्रीष्टियन भयो, तर जर्मनको सोचले उसलाई सताइरह्यो। उसलाई यस्तो यकिन भयो कि उसले त्यो जर्मन परिवारसँग माफ मागेपछि मात्रै उ स्वतन्त्र हुनेछ। तर माफ माग्नु जानु कसरी? माफ माग्नु जाँदा बा मार्ने पो हुन् की? घृणा गर्ने हुन् की? उसले जर्मन आमालाई चिठी लेख्ने बिचार ग¥यो।
“प्यारी आमा,
यो पत्रले तपाईलाई थप पिडा दिने छैन भनेर सोच्दछु। यो क्षण सम्म आइपुग्दा सायद तपाईलाई थाहा भइसक्यो होला तपाईको छोरा यो भिषण युद्घमा मृत्यु भइसकेको छ। उसले मलाई यो पत्र पु¥याइदिनुहोस भनेर अनुरोध गरेको थियो। उसले तपाईलाई लेखेको यो पत्रद्घारा मलाई थाहा भयो कि उ तपाईको एक्लो छोेरो रहेछ र तपाईले उसलाई धेरै माया गर्नुहुँदो रहेछ। यो सुन्दा मलाई झनै दुःख लागेर आउँछ। हेर्नुहोस्, तपाईको छोरा मार्ने मान्छे म नै हो। युद्घ समाप्त भए पछि मैले मेरो जीवन प्रभुलाई दिएँ। म रातभरी सुत्न सक्दिन, लडाईमा हुँदा मैले जे गरे त्यसले मलाई भित्रभित्रै पोलीरहेको छ। म मेरो बिचार र बिगतको कैदि भएको छु। स्वतन्त्र हुने एउटै मात्र बाटो छ र त्यो हो तपाईसँग क्षमा माग्ने। कृपया मलाई क्षमा दिनुहोस।”
केहि महिना पछाडी, त्यो फ्रान्सेली मानिसले अचानक एउटा पत्र प्राप्त ग¥यो त्यो जर्मन आमाबाटः
“प्यारो मित्र,
मेरो छोराको मृत्यु मेरो जीवनको सबै भन्दा भयानक पिडा थियो। मेरो पिडाले मलाई परमेश्वरकहाँ पु¥यायो र तपाईले जस्तै मैले पनि उहाँमा बिश्राम पाएँ। तर मेरो छोराको हत्यारालाई गरेको घृणाले मलाई पनि कैदि बनायो। मैले यो बुझे कि स्वतन्त्रता पाउने केवल एउटै मात्र बाटो भनेको तपाईलाई मनमा गरेको घृणाको लागि तपाईसँग माफी माग्नु हो। म तपाईलाई क्षमा दिन्छु। तर एउटा दया मलाई गर्नुहोस। म चाहन्छु आज पनि मेरो एउटा छोरा होस जसलाई म माया गर्न सकु। के तपाई मलाई भेट्न आउन सक्नु हुन्न ताकि म आफ्नै छोरालाई भेटेको जस्तो अनुभुति गर्न सकु। तपाईको लागि म बसको टिकट पनि पठाइ दिदैछु। तपाई आउनु हुन्छ या हुन्न कृपया खबर गर्नुहोला।”
त्यो केटो गयो अनि उनीहरुले एकदम अबिस्मणिय समय बिताए। दुवै जनाले जिते, क्षमा दिएर र बिगतलाई बिदाई गरेर।
बाइबल वचनहरु
क्षमा गर्नु प्रभुको आज्ञा हो
जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरुलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा तिमीहरु एक–अर्कोलाई क्षमा गरेर तिमीहरु एक–अर्काप्रति कोमल मनका र दयालु होओ। एफिसी ४ः३२
प्रार्थना गर्नुभन्दा अगाडी हामीले क्षमा दिनुपर्छ।
जब तिमीहरु प्रार्थना गर्न खडा हुन्छौ, तब कसैको बिरुद्धमा तिमीहरुको केहि छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरुका पिताले पनि तिमीहरुका अपराधहरु क्षमा गरिदेऊन्। मर्कूस ११ः२५, मत्ती ५ः२३, २४।
क्षमा दिनु भनेको आफु स्वतन्त्र हुनु हो।
किनकि तिमीहरुले मानिसहरुको अपराध क्षमा ग¥यो भने तिमीहरुका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरुलाई क्षमा गर्नुहनेछ। तर तिमीहरुले मानिसहरुका अपराध क्षमा गरेनौ भने तिमीहरुका पिताले तिमीहरुका अपराध क्षमा गर्नुहुनेछैन। मत्ती ६ः१४, १५।
न्याय गर्ने र बद्ला लिने काम हाम्रो होइन
अरुको न्याय नगर र तिमीहरुको पनि न्याय गरिने छैन। अरुलाई दोषी नठहराओ, र तिमीहरु दोषी ठहरिने छैनौ। क्षमा गर, र तिमीहरुलाई पनि क्षमा गरिने छ। लूका ६ः३७
मण्डलीको जग भनेकै क्षमा लिनु र दिनु हो
एउटाले अर्कोलाई सहने गर, कुनै मानिसको बिरुद्धमा केही दोषको कारण छ भने, एक अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरुलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरुले पनि क्षमा गर्नुपर्छ। कलस्सी ३ः१३
क्षमा गरेर दयालु बन्नु पर्छ
सबै तितोपना, क्रोध र रिस, होहल्ला र निन्दा, सबै किसिमका डाह समेत तिमीहरुले त्यागिदेओ। जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरुलाई क्षमा गर्नुभयो, त्यसरीनै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरु एक–अर्काप्रति कोमल मनका र दयालु होओ। एफिसी ४ः३१, ३२
तपाइले यो बचनबाट आशिष पाउनु भयो भने, कृपया सेयर गरि दिनु होस्।